`

पाकिस्तानद्वारा भारतीय सैन्य अड्डामा आक्रमण

Nepal One HD २५ वैशाख २०८२ २३:२७
विश्व

बीबीसी हिन्दी । पाकिस्तानले बिहीबार राति जम्मूमा मिसाइल प्रहार गरेको छ। सरकारी टिभी च्यानल डीडी न्यूजले भारतीय रक्षा स्रोतहरूलाई उदृत गर्दै भनेको छ, ‘पाकिस्तानले सतवारी, साम्बा, आरएस पुरा र अर्नियालाई लक्षित गरी ८ वटा क्षेप्यास्त्र प्रहार गरेको छ।’

यी सबै मिसाइलहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक निष्क्रिय पारेको भारतीय सेनाले दाबी गरेको छ । पाकिस्तानबाट आक्रमण हुन थालेपछि जम्मू कश्मीरको राजौरीमा पूर्ण रूपमा ब्ल्याकआउट गरिएको छ ।

पछिल्ला केही घण्टामा पाकिस्तानी गोलाबारीबाट मारिएका सबै मानिसहरू यही क्षेत्रका हुन् । ल्याकआउट भएका क्षेत्रमा हवाई हमलाको साइरन सुनिएको थियो ।

भारतीय सेनाका अनुसार पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । यी आक्रमणहरूमा कुनै क्षति नभएको सेनाको दाबी छ ।


प्रतिक्रिया