`

तीन टोलीद्वारा आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित

Nepal One HD १२ जेठ २०८२ ८:४६
खेलकुद

काठमाडौं । म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन् । इंग्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न निर्णायक खेलहरूमा तीनै टिम विजयी बन्दै शीर्ष पाँचमा रहन सफल भएका हुन् ।

उपाधि विजेता लिभरपुल भने बराबरीमा रोकियो । म्यानचेस्टर सिटीले फुलहमलाई उसैको मैदानमा २–० ले हरायो। सिटीका लागि इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीलाई जित दिलाए । सिटीले ३८ खेलमा ७१ अंक जोड्दै लिगको तेस्रो स्थानमा सिजन समाप्त गर्यो।

पराजित फुलहम ५४ अंकसहित ११औँ स्थानमा सीमित बन्यो । त्यस्तै, चेल्सीले नटिङ्घम फरेस्टमाथि १–० को संकटकालीन जित निकालेको थियो। लेवी कोलविलको गोल निर्णायक बन्यो ।

यस जितसँगै चेल्सी ६९ अंकसहित चौथो स्थानमा रह्यो। नटिङ्घम भने ६५ अंक जोड्दै सातौँ स्थानमा सीमित रह्यो र च्याम्पियन्स लिग खेल्ने आशा समाप्त भयो । न्युक्यासल युनाइटेडले एभर्टनविरुद्ध १–० को जित हात पा¥यो। कार्लोस अल्कारेजले गोल गर्दै न्युक्यासललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

६६ अंकसहित न्युक्यासल पाँचौँ स्थानमा रह्यो भने एभर्टन ४८ अंकसहित १३औँ स्थानमा टुंगियो । यस सिजनको प्रिमियर लिगबाट च्याम्पियन्स लिग खेल्ने टोलीहरूमा आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल रहेका छन् ।


प्रतिक्रिया