`

नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ: पूर्वप्रधानमन्त्री बेनेट

Nepal One HD १५ असार २०८२ १७:१७
विश्व

जेरुसेलम ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन्।

इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, “नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो योे निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन।” उनले भने, नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ।

सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाएका थिए।

तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो।

त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *