‘माग्ने राजा’ को टिजर सार्वजनिक

मनोरञ्जन

काठमाडौं । फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ । माग्ने बुढाको मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार सार्वजनिक गरिएको हो । टिजरमा केदारसहित विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देललगायत कलाकारहरू देखिएका छन् ।
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् । सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मको निर्मातामा मधुसुदन शर्मा छन् । ‘माग्ने राजा’ हरितालिका तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट