भारतको रासायनिक कारखानामा विस्फोट : कम्तीमा १२ जनाको मृत्यु

विश्व

भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन् । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।
जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भन्नुभयो, “हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौं र अझै भग्नावशेषमा खोजी जारी छ ।”
यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।
भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।
सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट