`

पुटिन र ट्रम्पबीच बिहीबार फोनवार्ता हुने

Nepal One HD १९ असार २०८२ २१:२८
विश्व

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ ।

यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रबार फोनवार्ता गर्नुहुने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा रहनुभएको छ र उहाँले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।

पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् ।

यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के बिषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् ।

मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुनलागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भन्नुभयो, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेकोे आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १० ः०० बजे वार्ता सुरु हुने बताइएको छ ।

मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्।

पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताउनुभएको थियो भने अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *