`

नेप्सेमा ९ अर्ब ५० करोडको कारोबार

Nepal One HD २२ असार २०८२ १५:४८
अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य बढेको छ । आइतबार नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७ सय ६ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ३ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुडविल फाइनान्स कम्पनीको डिबेन्चर र ग्रीन विकास बैंकको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३१८ वटा कम्पनीको २ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *