`

डब्लूटीओ प्रतिनिधि र उद्योगमन्त्री भण्डारीबीच भेट

Nepal One HD २४ असार २०८२ ३:२५
अर्थ समाचार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रतिनिधि मासिहिरो हायाफुजीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ ।

उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा डब्लूटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

विशेषगरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायबारे छलफल भएको हो ।

भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानी आकर्षित गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने तथा वस्तु र सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *