`

जर्मनीको उद्योग सङ्गठनद्वारा करमा छिटो सम्झौता गर्न आग्रह

Nepal One HD २९ असार २०८२ ७:३३
विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपलाई ३० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीको औद्योगिक निकायले शनिबार वासिङ्टन र युरोपेली सङ्घ (इयू) लाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।

‘राष्ट्रपति ट्रम्पको यो घोषणा एटलान्टिक महासागरका दुवैतर्फका उद्योगका लागि सचेतनाको आह्वान हो,” जर्मन इन्डस्ट्रिज फेडेरेसन (बिडिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“इयू र संयुक्त राज्य अमेरिकाको नजिकको रूपमा जोडिएको दुई आर्थिक क्षेत्रहरू बीचको व्यापार द्वन्द्वले आर्थिक पुनरुत्थान, आविस्कार र अन्ततः अन्तर्राष्ट्रिय सहयोगमाथिको विश्वासलाई हानि पुर्‍याउँछ,” बिडिआईका एक वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले भन्नुभयोे ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनलाई तत्काल समाधान खोज्न र तनाव बढ्न नदिन आग्रह गरेको छ ।

अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

मे महिनामा जर्मनीको निर्यात ७.७ प्रतिशतले घटेर १२.१ अर्ब युरो (१४.२ अर्ब अमेरिकी डलर) मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो गिरावटले अमेरिकामा जर्मनीको निर्यात सन् २०२२ मार्चपछिको सबैभन्दा कम स्तरमा सीमित हुनपुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै मेक्सिको र युरोपेली सङ्घलाई अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि गरिने चेतावनी दिनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *