पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी


पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भईसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ ।
सबैभन्दा धेरै मृत्यु जनसंख्या अधिक रहेको पंजाब प्रान्तमा भएका छन् । राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ । यसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति हुने सम्भावना छ ।
मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग पु¥याउँछ । यो वर्षा भारतमा जून सुरुमा र पाकिस्तानमा जून अन्त्यतिर सुरु भएर सेप्टेम्बरसम्म रहन्छ । यसले कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
तर यसले बाढी, पहिरो र भवन भत्काउने घटनाहरू पनि निम्त्याउँछ । विश्व तात्दै गएसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदैछ तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन् ।
पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको तीन भाग डुबायो र एक हजार ७०० भन्दा बढी जनाको मृत्यु भयो। केही क्षेत्रहरू अझै पुनर्निर्माणको बाटोमा छन् ।
यस वर्ष मे महिनामा आएको कडा हावाहुरी र ओलाले कम्तीमा ३२ जनाको ज्यान ग