कर्णाली प्रदेशसभा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

राजनीति

कर्णाली- कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनकोबुधबार बसेको ३१औँ बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो ।
मुख्यमन्त्री कँडेलले पारितका लागि सभामा प्रस्ताव गरेसँगै उक्त स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक आगामी साउन १५ गते दिउँसो ३ बजे हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट