पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयले पायो एमाले बैठकमा प्रवेश

नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषयलाई प्रवेश गराएका छन् । च्यासलमा जारी बैठकमा अध्यक्ष भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले बताए ।
‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने ।
जिम्मेवारीबारे सोधिएको प्रश्नमा उनले थपे, ’अहिले हतार नगरौँ, समय छ नि ।’ उनले पार्टीमा सक्रिय हुनुको लक्ष्य र उद्देश्यबारे पार्टीमा भण्डारीले प्रस्ट पार्नुपर्ने भन्दै सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए । उनले सबै सेवा सुविधा त्यागेर आएपछि अध्यक्षले वार्ता गरेर उचित व्यवस्थापन पर्नुपर्ने बताए ।
तर भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उनले बताए । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ’, भट्टराईले भने ।
विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा आजबाट बैठक सुरु भएको छ । आजको सचिवालय पछि भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।
एमालेको बैठक दिउँसो २ बजेबाट जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट