विद्यादेवी भण्डारी र केपी ओली च्यासलमा आमने-सामने

नेकपा एमाले

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।
एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच वान टु वान वार्ता सुरु भएको हो ।
दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर ढिलोगरी सुरु भएको हो ।
सक्रिय राजनीतिमा फर्कने घोषणा पछिको ओलीसँग विद्याको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।
अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । एमालेमा ओली–विद्या गुट सुरु भएको समेत आंकलन गरिएको लगायतका अवस्थाका बीच दुई जनामा वान टु वान वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट