पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण छ: योगेश भट्टराई

नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् ।
ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी भट्टराईले यस्तो बताएका हुन् ।
यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ,’ भट्टराईले भने ।
पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताए । भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जिकिर गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट