`

एकै वर्षमा नेपाल भित्रिए १६ हजार विद्युतिय सवारी साधन

Nepal One HD ७ साउन २०८२ १३:३०
अर्थ समाचार

काठमाडौँ।  एक वर्षमै १६ हजार विद्युतिय सवारी साधन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८१/८२ मा कुल १६ हजार ६५९ वटा विद्युतिय कार, भ्यान, जीप र मिनी/माइक्रो बस नेपाल भित्रिएका हुन् ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङक अनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरका १३ हजार ५६९ वटा विद्युतिय कार, भ्यान र जीप आयात भएका छन् । त्यस्तै, गत वर्षमा ९ अर्ब २८ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरका ३ हजार ९० वटा विद्युतिय मिनी र माइक्रो बसहरु आयात भएका छन् ।

नेपालमा ५० किलोवाट मोटर पावर भएका देखि ३०० किलोवाट मोटर पावर क्षमता भएका विद्युतीय गाडीहरू भित्रिने गरेका छन् । जसमा सबैभन्दा बढी ५१ किलोवाट देखि १०० किलोवाट मोटर पावर क्षमता भएका ईभी गाडी नेपाल भित्रिएका छन् ।

गत वर्षभरीमा ५० किलोवाट क्षमताका ४ हजार ७३२ युनिट विद्युतिय कार, भ्यान र जीप आयात भएको देखिन्छ । नेपालमा सबैभन्दा बढी ५० किलोवाट देखि १०० किलोवाट क्षमताका ७ हजार ४३१ युनिट ईभी भित्रिएका छन् ।

त्यसैगरी १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका १ हजार ३६२ युनिट, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४२ युनिट र ३०० किलोवाट क्षमताभन्दा माथिका २ युनिट विद्युतिय सवारी नेपाल भित्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *