`

एमालेमा रोक लगाइएपछि आज विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

Nepal One HD ९ साउन २०८२ ८:२४
राजनीति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *