`

एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमरले दिए उम्मेदवारी, यस्ता छन् अमरका एजेन्डा

Nepal One HD ९ साउन २०८२ १०:४०
समाज

गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी सदस्य पदका लागि न्यू साउथ वेल्स स्टेटबाट उम्मेद्धवारी दर्ता गराएका छन् । अष्ट्रेलियामा रहेका आम नेपाली युवाहरुमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रुपमा आफ्नो छुट्टै छवी बनाउन सफल अमरको उम्मेद्धवारीले माहोल नै भिन्न बनाएको छ ।

अमरको यो निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवाहरु बताउँछन् । निर्वाचनको पूर्व सन्ध्यामा अमरले भने हिजोका अनुभव र आजको सक्रियता जोडेर, हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो। सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया प्रबेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

हाल व्यवसायि इन्जिनियर र उद्यमीका रुपमा सिड्नीमा रहेर सिंगो अष्ट्रेलियामा रहेका नेपालीहरुमाझ लोकप्रियता कमाइरहेका अमर भोलीका दिनमा आँफु गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नयाँ कार्यसमितिमा बसेर फरक र प्रभावकारी ढंगले काम गर्न चाहान्छन् । उनले भोलीका दिनमा आँफु कार्यसमितिमा रहेर काम गर्ने मौका पाएको खण्डमा उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिए । अमरले शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी, रियल स्टेट र आईटी ट्रेनगं इन्स्टीच्यूट क्षेत्रका विभिन्न व्यवसायहरू अष्ट्रेलियाका विभिन्न राज्यहरू र विदेशसम्म सञ्चालन गरिरहेका छन्। विद्यार्थी जीवनदेखि नै अष्ट्रेलियामा रहेका नेपालीहरुलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । सहयोगी, मिलनसार , भद्र र सहयोगी मन नै अमरलाई अमर गराउंने सुत्रहरू हुन ।

अष्ट्रेलियामा सबै बर्ग, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरू माँझ राम्रो पहिचान बनाएका अमर आगामी दिनमा पनि सामुदायिक हितका लागि निरन्तर क्रियाशील रहने अठोटसहित गैर आवासिय नेपाली संघमा आफ्नो उपस्थितीले आफ्नो संस्थालाई थप मजबुत बनाउने कुरामा जोड दिन्छन् । २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ। जसका लागि अमरले सक्रियताका साथ तिब्र गतिमा प्रचार प्रसार गरिरहेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा अमरले आफ्ना एजेन्डाहरु सुनाउँदै भने अष्ट्रेलिया पुगेका बिद्यार्थीहरुलाई साथ सर्मथन दिनु मेरो मुख्य उदेश्य रहनेछ । अष्ट्रेलिया पुगे लगत्तै अप्ठ्यारोमा परेका बिद्यार्थीलाई वार्षिक रुपमा काउन्सिलिगं गर्ने, आवश्यक परेको खण्डमा स्वास्थयउपचारसम्मको सहयोग गर्ने उनले बताए । त्यस्तै अष्टेलियामा रहेर पनि व्यापार व्यबसाय गर्न नसकिरहेकाहरुलाई अमरले सेमिनार र विभिन्न कार्यक्रम मार्फत अघि बढ्ने हौसला दिने बताए । सन्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेद्धवारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *