`

चर्चित पर्यटकीयस्थल ‘बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ’: मन्त्री न्यौपाने

Nepal One HD १० साउन २०८२ १८:५९
राजनीति

तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।तनहुँको बन्दीपुर गाउँपालिका-६ धरम पानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने उल्लेख गरिन् ।

धरमपानीमा जनताको साथमा संगठन बनाउँदा धरमपानीले आफूलाई ठूलो गुण लगाएको स्मरण गर्दै न्यौपानेले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताइन् । मन्त्री नहुँदा धरम पानी आसपासको विकासका लागि रु. २५ करोडभन्दा बढी बजेट विनियोजन भइसकेको उल्लेख गदै उनले बन्दीपुर धरम पानी सडकलाई गत वर्ष रु. चार करोड र यस वर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताइन् ।

बन्दीपुर धरम पानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष बलहादुर गुरुङ सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *