`

समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने :नेता विश्वकर्मा

Nepal One HD १३ साउन २०८२ २०:०२
राजनीति

काठमाडौं । समाजवादी मोर्चाले अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढङगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अव मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए

‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन् । अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ । निरासाबादको शिकार देश भएको छ । जसका कारण युवाहरु पलायन छन् । राज्यको पैसा विदेश पलायन भइरहेको छ । देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *