अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

राजनीति

जनकपुर। मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ।
झाविरूद्ध मंगलबार दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
घरमा एक्लै भएको समयमा बोलाएर सहयोगीका रुपमा रहेकी एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।
२०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई यही साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट