`

श्रृयंका थापा बनिन् युनिभर्सल ओमेन नेपाल २०२५

Nepal One HD १४ साउन २०८२ २१:४३
मनोरञ्जन

काठमाडौं । सुन्दरी प्रतियोगीता युनिभर्सल ओमेन नेपाल २०२५मा श्रृयंका थापा छनोट भएकी छिन् । मंगलबार काठमाडौंको पाँचतारे होटल हिल्टनमा एक कार्यक्रमका बिच श्रृंयकालाई छनोट गरिएको हो । छनोट भएसँगै उनलाई नेशनल डिरेक्टर सबि पुरीले क्राउन लगाइदिएकी छिन् । श्रृयंकाले आगामी अस्टको १ देखी ११ सम्म भारतको जयपुरमा चल्ने युनिभर्सन ओमेनका लागी नेपालबाट प्रतिनिधित्व गर्नेछिन् ।

भोली (बिहीबार) जयपुरको प्रस्थान गर्न लागेकी श्रृयंकाले युनिभर्सल ओमेन नेपाल २०२५ बन्न पाउँदा निकै खुसी लागेको र उक्त अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउन पाउँदा उत्साहित रहेको बताइन् ।

निकै खुसी लागिरहेको छ । सानैदेखी अन्तर्राष्ट्रिय मन्चमा गएर नेपाललाई प्रतिनिधित्व गर्छु भन्ने थियो त्यो पुरा हुँदैछ । श्रृयंकाले भनिन् । नेपालले गर्भ गर्ने काम गरेर फर्किनेछु । श्रृयंका मिस नेपाल टिन युनिभर्स २०२१ को बिजेता पनि हुन् भने मिस युनिभर्सल २०२४ को फाइनलिस्ट पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *