`

मन्त्रिपरिषद्‌ हेरफेरबारे छलफल गर्न शीर्ष नेता बालुवाटारमा

Nepal One HD १५ साउन २०८२ १२:१४
नेकपा एमाले

काठमाडौँ ।  मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्।

प्रधानमन्त्री ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भएको थियो । आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *