`

उद्योग मन्त्रीले फरक क्षमताका युवाहरुसँग यसरि मनाए साउन पन्ध्र

Nepal One HD १५ साउन २०८२ १७:०८
राजनीति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् ।

आज खीर खाने दिनको अवसर पारेर मन्त्री भण्डारी फरक क्षमता (अपाङ्गता) भएका युवाहरू सँग खुसी साट्न त्यहाँ पुगेका हुन् ।

फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ ।इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् ।

संस्थाकी सञ्चालक संगीता पन्तका अनुसार, “यहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल प्राविधिक कामहरू विकास गरिएको छ जसले उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ ।”मन्त्री भण्डारीले इप्साको कार्यप्रणालीबाट प्रभावित हुँदै यस्ता समावेशी र सृजनशील उद्यमलाई सरकारबाट आवश्यक सहुलियत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले भने, “अपाङ्गता भएका उद्यमीहरू हाम्रो समाजको गौरव हुन् । यिनीहरूलाई आत्मनिर्भर बनाउन सकियो भने, समावेशी समृद्धिको सपना साकार हुन्छ ।”

अपाङ्गता भएका उद्यमीहरुले उदाहरणीय काम गरेर अरु युवालाई समेत प्रेरणा प्रदान गरेको उनको भनाई छ ।इप्सा नेपालले देखाएको मार्गदर्शन अरू सामाजिक उद्यमहरूका लागि पनि उदाहरणीय बन्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *