`

रेडक्रसले वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने

Nepal One HD १७ साउन २०८२ ६:०४
समाज

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।

सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ ।

सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *