`

गायक तुला पर्वत र निर्देशक युवराज वाईबाको सहकार्यमा तयार भयो तिम्रो मेरोको भिडियो

Nepal One HD १७ साउन २०८२ १८:५८
मनोरञ्जन

काठमाडौँ । गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ । गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय गरेका छन् ।

प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन् । तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन् । भिडियोले माया गर्ने दुई मनहरु पनि यसरी समयसँगै छुट्नुपर्ने बाध्यताको कथालाई सशक्त रुपमा देखाएको छ । आफ्नो जीवनको खास मान्छे टाढिँदा पनि भोली सम्झेर जीवन बाँच्नै पर्ने कथालाई दर्शकले रुचाएका छन् ।

यो साचार तयार पार्दासम्म २० हजार बढी दर्शकले हेरेको गीतको छायांकन ३ दिन लगाएर गरिएको हो । सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा संगीतका तुलाकै अफिसियल च्यानल वाईडस्क्रिन मिडियाबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनै छुने गीतको भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *