मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

नेकपा एमाले

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।
सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।
उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरु सामुहिक संस्था हुनुपर्ने बताए । नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले प्रतिष्ठानहरू ठगी खाने भाँडोका रुपमा स्थापित हुनु नहुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट