`

संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास हुँदैछ : प्रधानमन्त्री

Nepal One HD २८ साउन २०८२ १४:२०
नेकपा एमाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संसद्को बहसलाई अर्थहीन विषयमा प्रयोग भइरहेको बताए। । “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ,” उनले भने ।

उनले समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ । सदनलाई सामाजिक सञ्जाललाई कन्टेन उत्पादन गर्ने थलोका रूपमा स्थापित गर्ने दुष्प्रयास भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *