बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन: प्रधानमन्त्री

नेकपा एमाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाह मान्यता हुने गरी कुनैपनि कानुन ल्याउन सरकार नलागेको बताएका हुन्।
उनले सामाजिक जागरण, न्यायका लागि लडेर आएको पार्टीले बहुविवाहलाई मान्यता दिन्छ भन्ने कसरी लाग्यो भन्ने प्रश्नसमेत गरेका छन्।
“हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ?,” उनले भने, “बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट