`

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

Nepal One HD ३ भदौ २०८२ १२:३४
समाचार

 

बागमती। हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।

अबरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताँएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *