एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेकोदोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ ।
पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट