`

एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु

Nepal One HD २० भदौ २०८२ १६:५४
नेकपा एमाले

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने महासचिव पोखरेलले जानकारी दिए ।

त्यसपछि स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको दस्तावेज प्रस्तुत गर्ने भएका छन् । विभिन्न १० समूह विभाजन गरी प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गरिने छ ।

गोदावरीमा जारी तीनदिने विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *