`

एमाले विधान महाधिवेशन : समूहगत छलफलको निष्कर्षपछि महासचिवले जवाफ दिँदै

Nepal One HD २२ भदौ २०८२ १३:०६
नेकपा एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमालेको) दोस्रो विधान अधिवेशनमा सूहगत छलफलमा उठेका कुराको निष्कर्ष पेस गर्ने काम भर्खरै सकिएको छ । ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली लगायत पेस गरेका दस्तावेजमाथि समूहगत छलफल भएको थियो ।

नौं वटा समूहमा भएको छलफल निष्कर्ष सुनाउने काम सकिएपछि अहिले महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिइरहेका छन् । एमालेले आजै विधान महाधिवेशन समापन गर्ने तयारी गरेको छ । अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले समग्र बिषयमा जवाफ दिएपछि महाधिवेशन टुंगिने छ । सुझाव पेस गरेका अधिकांश समूहका टोली नेताले तत्काल अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको निष्कर्ष सुनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *