`

जेनजी आन्दोलनबारे प्रचण्ड : स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस्

Nepal One HD २३ भदौ २०८२ १४:४७
माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् ।

अध्यक्ष प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरूद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्,’ सोमबार दिउँसो गोरखामा रहेका अध्यक्ष प्रचण्डले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *