`

विश्वप्रकाशको झापाको घरमा आगजनी

Nepal One HD २४ भदौ २०८२ १३:५५
नेपाली कांग्रेस

झापा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको झापाको घरमा तोडफोड गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद समेत रहेका शर्माको धुलाबारीस्थित घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।
प्रदर्शनकारीले घरभित्र रहेका सबै सामान बाहिर निकालेर जलाएका हुन् । जेनजी आन्दोलन कोशी प्रदेशमा पनि उग्र बनेको छ । आन्दोलन नियन्त्रण बाहिर गएको छ ।

झापा, विराटनगर र इटहरी तनावग्रस्त बनेको छ । विराटनगरको प्रदेश सभाभित्र प्रवेश गर्न लागेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मास्क तथा रुमालले मुख बाँधेका व्यक्तिहरूले शर्माको घरमा आगो लगाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *