प्रदर्शन शान्तिपूर्ण बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

राजनीति

काठमाडौँ, २४ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो ।
प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया