`

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

Nepal One HD २५ भदौ २०८२ १३:३१
प्रमुख खबर

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो । सोही कारण विमानस्थलमा नआउन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ ।

‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनु हुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *