अमेरीकी ट्रम्पद्वारा मोदी र ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश पुनः पोस्ट


अमेरीका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड दिए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा मोदीको सन्देश पुनः पोस्ट गरेका छन् ।
हालै अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएका कारण बढेको आर्थिक अनिश्चितताबीच दुवै मुलुकले व्यापार अवरोध समाधानका लागि वार्ता गरिरहेको ट्रम्पले बताएको छ ।
यसअघि, ट्रम्पको पोस्टको जवाफमा प्रधानमन्त्री मोदीले एक्समा लेखेका थिए, “यी वार्ताले भारत–अमेरिका साझेदारीको असीम सम्भावना अनलक गर्नेछ ।”
मोदीले भनेका छन्, “भारत र अमेरिका घनिष्ठ मित्र र स्वाभाविक साझेदार हुन् । हाम्रो व्यापार वार्ताले असीम सम्भावना खोल्नेछ । हाम्रा टोलीहरूले छलफल चाँडै टुङ्ग्याउन काम गरिरहेका छन् । म राष्ट्रपति ट्रम्पसँग कुरा गर्न उत्सुक छु । हामी दुवै देशका जनताका लागि उज्यालो भविष्य बनाउन सँगै काम गर्नेछौँ ।”
ट्रम्पले पनि ट्रुथ सोसलमा आफ्नो पोस्टमा भनेका थिए, “भारत र अमेरिकाले व्यापार अवरोध सम्बोधनका लागि वार्ता जारी राखेका छन् । म आगामी हप्ताहरूमा मेरो असल मित्र, प्रधानमन्त्री मोदीसँग कुरा गर्न उत्सुक छु । हामी दुवै महान देशहरूका लागि सफल निष्कर्षमा पुग्न कठिनाई हुनेछैन ।”