`

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

Nepal One HD ३० भदौ २०८२ १९:११
नेकपा एमाले

काठमाडौँ, ३० भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उहाँले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले आगामी असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन निर्देशन दिनुभएको छ । “लामो सङ्घर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवश हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा कार्यक्रम हुनेछ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सधैँ सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने बताउनुभयो । अन्तरिम सरकारको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा निर्वाचन गराउने भएको उहाँको भनाइ छ । “नेपालका सबै लोकतान्त्रिक पार्टी जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछाँै”, उहाले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *