`

जेनजीका नाममा घुसपैठ गर्नेहरुले ऐतिहासिक धरोहर जलाए: प्रकाशमान

Nepal One HD २ असोज २०८२ १३:११
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनमा घुसपैठ गरि ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताएका छन् ।

बिहीबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरुले राजनीतिक मन्दिरको रुपमा लिने गरे पनि अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गरे।

उनले उक्त घटनाको विधि अनुसार छानविन हुनुपर्ने माग गरे । सिंहले देशव्यापी रुपमा नियोजित रुपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको उनको धारणा छ ।

‘धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रुपमा लिने गर्नुहुन्छ, मलाई पनि धेरैले भन्नुभएको छ,’ सिंहले भने, ‘कतैबाट काम नभएपछि बुबा आमको जस्तो गरी आउने ठाउँ यही हो। अहिले पनि अरु ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यहि हो। जेन जीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन, तर घुसपैठ भयो। २०४६ को जनआन्दोलन सुरु गर्ने ठाउँ यही हो। ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भूमिकालाई अब अहिलेको मुभमेण्टको समयमा जलाइएको छ।’

‘नेपाली कांग्रेसका इमान्दार नेताहरुलाई सम्मान गर्ने ठाउँ हो, कांग्रेसका इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको छ। के गर्न खोजेको भन्ने स्पष्ट छ। हामी विधिको शासनका लागि लडेका हौँ। विधिअनुसार आगजनी र तोडफोडको छानबि हुनुपर्छ।’

मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेहरुमाथि नियोजित रुपमा आक्रमण गर्ने दुष्शाहस नगर्न चेतावनी दिदै उनले सवै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरुले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *