`

कांग्रेसले कसैलाई कार्यवाहक नदिने, देउवालाई पर्खिने

Nepal One HD ३ असोज २०८२ १४:३७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।

‘आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ’ उनले सुनाए । आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवाहक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा अहिले उपचाररत छन् । जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा देउवा पनि घाइते छिन् । जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए । आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *