`

अन्तरिम सरकार बनाउँदा त्रुटि भएको छ : कांग्रेस प्रवक्ता महत

Nepal One HD ५ असोज २०८२ १२:१४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्णरूपमा टेकेर सरकार बन्न नसकेको टिप्पणी गरेका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताए ।

‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं । तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ ।’ उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताएका छन् । ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ । अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ । यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।

प्रवक्ता महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी श्रीमती आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताए । ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *