`

प्रचण्डको प्रस्ताव : सबै कमिटी भङ्ग गरेर मंसिरमा विशेष महाधिवेशन

Nepal One HD ५ असोज २०८२ १५:१०
माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । आज (आइतबार) जारी पार्टी पदाधिकारी बैठकमा एक घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

‘विशेष परिस्थिति हो, विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौँ,’ उनले बैठकमा भने । पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ । केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भङ्ग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ । महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउने छ । उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जानेछ।

केन्द्रीय कमिटी बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘अध्यक्ष प्रचण्डले सबै कमिटी भङ्ग गरेर आयोजक समितिमा रुपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ ती पदाधिकारीले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *