`

कांग्रेसले अब संसद पुनर्स्थापनाको माग राख्ने होइन चुनावमा जानुपर्छ : विश्वप्रकाश शर्मा

Nepal One HD ७ असोज २०८२ १४:१७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद पुनर्स्थापनाकाे माग पार्टीले राख्न नहुने बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसद विघटनबारे पार्टीभित्र दुईमत रहेको पनि बताएका छन् ।

उनले भने, ‘संसद् पुनस्र्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन् । चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ । हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौ । तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ । अब संसद पुनर्स्थापनाको माग राख्न हुँदैन ।’

उनले जेनजीले उठाएको मागप्रति समर्थन रहेको पनि बताएका छन् । जेनजीले रूपान्तरण ल्याएर गठन गरेको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति प्रश्न उठाए । उनले भने, ‘बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने जेनजी, जो आउनु भएको छ । एक सय एक आउनु भएको छ । तर, जेनजीको प्रतिनिधित्व बिना सरकारलाई पूर्णता दिने कुरालाई हामीले गम्भीरतापूर्वक राख्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *