`

सर्पको टोकाइबाट एक जनाको मृत्यु

Nepal One HD ८ असोज २०८२ ११:३३
समाज

बाजुरा । यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए । उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *