इजरायल पुगे ट्रम्प


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल अवतरण गरेका छन् । सोमबार हमासले इजरायली बन्धक रिहा गर्न थालेको र गाजामा युद्धविराम सम्झौता भएको केही दिनपछि उनी त्यहाँ पुगेका हुन् । बेन–गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि एयर फोर्स वनले तेल अभिभको होस्टेज स्क्वायरमाथि उडान ग¥यो, जहाँ दशौं हजार मानिस भेला थिए ।
यो पहिलो साता बन्धक गाजाबाट इजरायल फर्किएपछि र इजरायलीहरूलाई समर्थनको सन्देश दिन गरिएको थियो । ट्रम्पलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राष्ट्रपति हर्जोग टार्माकमा उपस्थित थिए । ट्रम्पका ज्वाइँ जारेड कुशनर, छोरी इभान्का र अमेरिकी मध्य पूर्व राजदूत स्टिभ विटकफ पनि उपस्थित भए ।
ट्रम्पले सोमबार इजरायलको संसदलाई सम्बोधन गर्नेछन्। इजरायलका राष्ट्रपति इसहाक हर्जोगका अनुसार यस वर्षको अन्त्यमा उनलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेछ । ‘युद्ध समाप्त भएको छ,’ ट्रम्पले आइतबार वाशिंगटनबाट इजरायल उडान गर्दा एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका थिए । उनी त्यसपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग शर्म अल–शेखमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।