राष्ट्र बैंकले यो वर्ष असर्फी नबेच्ने, चाँदीका सिक्का लिन नागरिकता अनिवार्य {तस्वीरहरु}

अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ । नेपाल राष्ट्र बैंकले यो वर्षको तिहारमा सुनका असर्फी नबेच्ने भएको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाइनेछ ।
टक्सार महाशाखाले हिजोदेखि चाँदीका सिक्का बिक्री गरिएको र लक्ष्मी मेडालियन (१० ग्राम) को मूल्य तीन हजार रुपैयाँ तोकिएको जनाएको छ । त्यस्तै गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी मेडालियन (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) पनि तीन हजारमा बिक्री गरिँदैछ। सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको