सेनाले भन्यो–जेनजी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी

अर्थ समाचार

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै सेनाले ७६ जनामध्ये २२ जना प्रदर्शनकारी, १० जना कैदी र तीन जना प्रहरीको मृत्यु भएको जानकारी दिएको हो ।
मृत्यु हुने ७६ जनामध्ये ४१ जनालाई सेनाले अन्य शीर्षकमा राखेको छ । जेनजी आन्दोलन र त्यसपछिका दिनमा निभाएको आफ्नो भूमिकाका साथै वार्षिक काम र अन्य विषयवस्तुबारे सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । जेनजी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको