नेपाल प्रहरीका ५ जना डिआइजी बढुवा सिफारिस, भुपेन्द्र खत्री पहिलो नम्बरमा
बिशेष
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजीका लागि एसएसपीहरु पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् । उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदा प्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
