`

प्रमेश हमालले राखे माओवादीसँग एकताका तीन आधार, ६ महिनाभित्र नेतृत्व पुनर्गठन

Nepal One HD १३ कार्तिक २०८२ १६:५२
समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका नेता तथा एकता वार्ता कमिटीका सदस्य प्रमेश हमालले माओवादी केन्द्रसँग गरिने एकताका तीन आधारमा प्रस्तुत गरेका छन् । उनले एकताको अपरिहार्यताबारे आफ्नो धारणा राखेका हुन् ।नेता हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ ।

‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौ,’ हमालले बैठकमा भनेका छन् ।माओवादी केन्द्रसँगको वार्तामा एकताका निम्ति पहिलो शर्त समाजवादी क्रान्ति सम्पन्न गर्न शान्तिपूर्ण बाटो अपनाउने रहेको उनले बैठकमा जानकारी गराए । दोस्रोमा सम्मानजनक सांगठनिक एकता रहेको सुनाए । तेस्रोमा नेतृत्व परिवर्तनको विषय रहेको सुनाए ।

पार्टी एकतापछि ६ महिनाभित्र प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने कुरा घनिभूत रुपले चलेको उनले बताए । उनले भने, ‘यो कुरा माधव कमरेड र प्रचण्ड कमरेडले पनि बुझ्नु भएको छ ।’ एमालेबाट गरिएको विद्रोहलाई ‘बाध्यता’ भन्दै हमालले अहिले माओवादी केन्द्रसँग गरिन लागेको एकतालाई ‘उद्देश्य’ का रुपमा बुझ्नुपर्ने बताए । उनले भने, ‘समाजवादी क्रान्तिलाई ठूलो शक्ति चाहिन्छ, त्यसका लागि एकता अपरिहार्य छ ।’ नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न एकतामा जाने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ, त्यो हामी गर्छौ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *