फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह
 Nepal One HD									१४ कार्तिक  २०८२ १७:५०
Nepal One HD									१४ कार्तिक  २०८२ १७:५०
								प्रमुख खबर
						 
 					काठमाडौँ, कात्तिक १४ –काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।
कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो ।
						प्रतिक्रिया
						
		
	
					
					फेसबुक प्रतिक्रिया
						ताजा अपडेट
						धेरै पढिएको
						
 
   
   
   
   
   
   
   
   
   
   
   
   
 							 
 							 
 							